२ हजार ८ सय ५३ संक्रमित थपिए, १७ काे मृत्यु

२२ कार्तिक २०७७, काठमाडौं– झण्डै २ साता देखि संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढिरहेकाे बेला पछिल्लाे २४ घण्टामा भने नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा थप २ हजार ७ सय ५३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ४ सय २३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७७ महिला र १ हजार ६ सय ७६ पुरुष गरी २ हजार ७ सय ५३ जना संक्रमित भएका हुन् ।

तर यता गत २४ घण्टामा २ हजार २ सय ६ जना डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ५५ हजार १ सय १४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ प्रतिशत रहेको छ ।

कुल संक्रमितमध्ये ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जम्मा मृत्यु हुने १०८७ जना पुगेका छन् ।नेपालमा अहिलेसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण हुँदा १ लाख ९१ हजार ६ सय ३६ जनामा पोजिटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post माक्स चाहिँदैन, ढाँट्न पाइँदैन भन्दै लण्डनमा लकडाउन विरूद्ध प्रदर्शन
Next post भूटानी शरणाार्थी शिविरमा काेराेना देखिए पछि कडाइ