भूटानी शरणाार्थी शिविरमा काेराेना देखिए पछि कडाइ

दिनमा ३ घण्टा मात्र स्थानीय बजार खुल्ला

२२ कार्तिक २०७७, झापा– झापाको भूटानी शरणार्थी शिविरमा कोरोना पोजिटिभ देखा परेसँगै आज देखि त्यस क्षेत्रमा कडाई गरिएको छ ।

बाक्लो जनघनत्व भएको दमकको वडा नं। ३ मा पर्ने बेलडाँगी शरणार्थी शिविरमा कार्तिक २२ गते देखि मंसीर २ गतेसम्म दिनमा दुई पटकको समय ३ घण्टा मात्र खुल्ला गरिने निर्णय गरिएको छ । विहान ८ बजे देखि १० र वेलुका ३ बजे देखि ४ बजेसम्म अति आवश्यक कामका लागि खुल्ला गरिएको भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । शिविरभित्र विना काम तोकिएको मापदण्ड, समय भन्दा बाहिर सवारी साधान प्रयोग गरिए नियन्त्रण समेत लिने गरी निर्णय गरिएको शरणार्थी समन्वय इकाइ वेलडाँगीका प्रमुख सुरेन्द् दाहालले जानकारी दिनु भयाे ।

शरणार्थी शिविरका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भए पछि कडाइ गरिएको हो । शरणार्थी शिविर बेलडाँगीमा भित्र अहिले झण्डै ५ हजार हाराहारीमा जनसंख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २ हजार ८ सय ५३ संक्रमित थपिए, १७ काे मृत्यु
Next post २ हजार ८ सय १७ जना थपिए, २ हजार ८ सय १२ जना निकाे