प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ श्रावण २०७८, काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो ।

अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेका कारण निक्कै चर्चामा  अाउनु भएकाे थियाे ।  यसैवीच नवनियुक्त घिसिङले आजै पदवहाली गर्नुहुने बताइएको छ । घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ  । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेकाले नेपाली जनताले कुलमानकाे पक्षमा बाेल्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अरिङ्गालको टोकाईबाट महिलाको मृत्यु
Next post नेपालमा आज ३४८१ जना संक्रमित, १८५० निकाेः ३० जनाकाे मृत्यु