कोरोनाले कहरः दुई बर्ष देखि विधालय पुग्नै सकेका छैनन् धेरै बालबालिका (भिडियाे सहित)

३२ श्रावण २०७८,डिकेश लामा

कोरोना कहरले लामो समय विधालय बन्द हुने क्रम बढेसँगै दक्षिण सीमावर्ती क्षेत्रका धेरै बालबालिका विधालय जानै छाडेका छन् । इन्टरनेटको पहुँच पुग्न नसकेका क्षेत्रका विपन्न परिवारका कतिपय बालबालिकाहरु अघिल्लो बर्ष देखि नै विधालय जान छाडेका हुन् ।
कोरोना कहरका कारण यस बर्ष ग्रामिण क्षेत्रका धेरै विधालयमा विधार्थीको भर्ना संख्या नै घटेको छ । जिल्लका दक्षिणी क्षेत्रका धेरै बालबालिका इन्टरनेटको पहुँचमा पुग्ने अवस्था नभएकाले पढाई नै रोकिने अवस्था आएको बाह्रदशी गाउँपालिका वडा नं. १ का अध्यक्ष शम्भुसिंह राजबंशीले बताउनु भयो । राजबंशीका अनुसार दक्षिणी भूभागका धेरै विपन्न बालबालिका कोरोना यता दुई बर्ष देखि विधालय जान सकेका छैनन् ।


असार देखि नयाँ कक्षा शुरु भए पनि साउन महिना सकिँदा समेत ग्रामिण क्षेत्र अधिकांश सामुदायिक विधालयहरुमा अनलाइन कक्षा भएका छैनन् । इन्टरनेटको पहुँच नपुग्ने क्षेत्रमा अनलाइन अध्यापनमा समस्या भइरहेको दमक नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेशकुमार न्यौपानेले बताउनु भयो । तर जिल्लाका केही शहर केन्द्रित सामुदायिक र अधिकाशं संस्थागत विधालयले भने धमाधम अनलाई पढाई संचालन गरिहेका छन् । पढाई भए पनि साना कक्षाका विधार्थीले भने खासै बुझ्न नसकेको अभिभावकले बताएका छन् । कोरोना कहरले गर्दा लामो समय विधालय बन्द भए पछि अनलाईन कक्षा बाहेक अन्य विकल्प प्रयोगमा आएका छैनन् । तर इन्टरनेटको पहँुचमा आउन नसक्ने धेरै बालबालिका भने शिक्षाबाट बन्चित हुने अवस्था सृजना भएको ग्रामिण क्षेत्रका अभिभावकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३४५१ संक्रमित, २४५८ निकाेः ३५ जनाकाे मृत्यु
Next post नेपालमा आज ३२७४ संक्रमित, १९२९ निकाेः २७ जनाकाे मृत्यु