नेपालमा आज ३४५१ संक्रमित, २४५८ निकाेः ३५ जनाकाे मृत्यु

३२ श्रावण २०७८, काठमाडौं- नेपालमा गत २४ घण्टामा ३ हजार ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षणमा २ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ५ सय १८ परीक्षणबाट ८ सय ८५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ६११ परीक्षणमा ३ हजार ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ जना रहेको छ ।

हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रोकिएन आवात जावतः दक्षिणी झापाबाट भारतीयहरु खुलमखुल्ला आवातजावत (भिडियाे सहित)
Next post कोरोनाले कहरः दुई बर्ष देखि विधालय पुग्नै सकेका छैनन् धेरै बालबालिका (भिडियाे सहित)