विकल्प खोज्दै मौरी पालक किसानः मौरीबाट महँगा बस्तु उत्पादन (भिडियाे सहित)

काेराेना कहरले २ बर्षदेखि किसान मारमा

१ भदौ २०७८,डिकेश लामा

कोरोना कहर र वातावरण प्रतिकुल भएका कारण दुई बर्ष देखि घाटा व्यहोर्न बाध्य मौरी पालक किसानहरुले विकल्पको खोजी गर्न थालेका छन् । जंगलमा छाडिएका मौरीको उचित रेखदेख गर्न नपाउँदा गोला छुट्ने, मर्ने, मह काढ्न नपाउने जस्ता समस्याले घाटा व्यवहोर्न बाध्य किसानले मौरीजन्य पदार्थबाट बन्ने विभिन्न परिकारको संकलन र विक्री गर्न थालेका छन् ।


झापाको शिवसताक्षी नगरपालिकामा महिलाहरुले मात्र संचालन गर्दै आएको सतासी मौरी पालन कृषि सहकारी संस्थाका किसानले मह विक्री बाहेक अन्य विकल्पको समेत खोजी गर्न थालेका छन् । लगातार दुई बर्ष देखि कोरोना कहरका कारण घाटा व्यहोर्दै आएका किसानले महसँगै मौरीजन्य पदार्थबाट बनेका अन्य सामाग्री समेत विक्री गर्न थालेको संस्थाकी अध्यक्ष धनमाया थापा तामाङले बताउनु भयो । मौरीको रानोले मात्र खाने खानालाई रोयल जेली भनिन्छ ।

यो मह भन्दा धेरै गुणा महँगो र मानव स्वास्थ्यलाई समेत लाभ दायक हुने भए पछि त्यस्ता पदार्थको संकलन गरी निर्माण गरिएको सामाग्री समेत विक्री गर्न थालेका मौरीपालक किसानले बताएका छन् । सरकारले अनुदान दिए पछि पछिल्लो समय मौरी पालनमा महिलाहरुको थप आकार्षण बढ्न थालेको छ । तर दुई बर्ष यता मौरीबाट आम्दानी भन्दा धेरै घाटा व्यवहोर्नु परेको मौरी पालक किसानले बताएका छन् । दोस्रो लहरको कोरोना कहरले गत बर्ष जस्तै यस बर्ष पनि समस्यामा परेका किसानलाई मौरी मर्ने रोगले थप समस्या बढेको छ । मौरीमा समस्या आउन थाले पछि महसँगै मौरीजन्य बस्तुबाट बन्ने अन्य सामाग्रीको उत्पादन र विक्रीमा समेत चासो दिन थालेको मौरी पालक किसानको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३२७४ संक्रमित, १९२९ निकाेः २७ जनाकाे मृत्यु
Next post अन्ततः एमाले फुटेरै छाड्याेः नेपालकाे नेतृत्वमा नेकपा एमाले समाजबादी दल दर्ता