अन्ततः एमाले फुटेरै छाड्याेः नेपालकाे नेतृत्वमा नेकपा एमाले समाजबादी दल दर्ता

Photo from google

२ भदाै २०७८, काठमाडौं– संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएरै छाडेकाे छ । दल विभाजनका लागि सहज हुने गरी नयाँ अध्यादेश जारी भएकै दिन बुधबार वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नामक दल दर्ता भएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । दल दर्ताका लागि नेपाल सहितका अन्य नेताहरु निर्वाचन आयोग पुग्नुभएको थियो । निवेदनमा पार्टीको चुनाव चिह्न ‘खुला किताब’ प्रस्ताव गरिएको छ । यस अघि सूर्य भित्र ५ वटा तारा राख्ने समेत छलफल भएकाे थियाे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तरसंघर्ष चर्किँदै गएपछि अन्ततः नेपालसहितका नेताहरुले विभाजनको बाटो रोज्नुभएको हो । पार्टी एकताका लागि यस अघि १० बँदे सहमति भएकाे थियाे । सहमति भए पछि पार्टी एकताकाे अाशा पलाएकाे कार्यकर्ता पार्टी फुटे पछि निराश बनेका छन् । नयाँ दलमा एमालेका दोस्रो तहका नेताहरु जान अस्वीकार गर्नुभएको छ । नेपाल समूहमा रहनुभएका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यसहितका नेताहरुले साथ छाड्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विकल्प खोज्दै मौरी पालक किसानः मौरीबाट महँगा बस्तु उत्पादन (भिडियाे सहित)
Next post नेपाल २४ घण्टामा ३४०३ संक्रमित, २१०४ निकाेः ४२ काे मृत्यु