नेपालमा ३०७५ संक्रमित,२१२६ निकाेः ३३ काे मृत्यु

३ भदाै २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ७५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३२१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ४९२ परीक्षणबाट ७५४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ४३८ परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ छ । यसैगरी पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४२९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल २४ घण्टामा ३४०३ संक्रमित, २१०४ निकाेः ४२ काे मृत्यु
Next post सीमामा मदिराले जोखिम बढ्दै, रक्सिका लागि भारतीयहरु नेपाली होटलमा भेटिन्छन् (भिडियो कथा सहित)