सीमामा मदिराले जोखिम बढ्दै, रक्सिका लागि भारतीयहरु नेपाली होटलमा भेटिन्छन् (भिडियो कथा सहित)

३ भदौ, २०७८,डिकेश लामा

झापाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रका गाउँहरुमा कोरोना कहरका बावजुद पनि भारतीयहरु मदिरा सेवनका लागि नेपाल प्रवेश गर्ने गरेका छन् । पछिल्लो समय जिल्लामा विदेशीलाई प्रवेशमा निषेध गरिएको भए पनि सीमामा लुकीछिपी आउने तथा व्यवसाय संचालन हुने गरेका स्थानीयले बताएका छन् । झापाको कचनकवल गाउँपालिका वडा नं. १ भारतीय सीमा क्षेत्रको पिन्डारबारी बस्तीमा मादक पदार्थ लाँदै गरेको दृष्य हो यो । सीमा क्षेत्रमा भारतीयहरु मादक पदार्थ सेवन गर्न आउने भएकाले जोखिम मोलेर बर्षातमा डुङ्गामा मादक पदार्थ ओसारिने गरिन्छ ।

भारतमा मादकजन्य पदार्थको विक्री तथा प्रयोगमा कडाई गरे पछि भारतीयहरु नेपाली भूमिमा प्रवेश गरी खाने तथा लुकाएर लाने गरेका छन् । यस बाहेक सीमा क्षेत्रका साना व्यापारीहरु सामान लाने ल्याउने कारणले पनि मानिसहरु रातसाँझ धेरै हिड्ने गरेको गौरीगंज गाउँपालिका बारासुदीका अगुवा विनोदप्रसाद यादवले बताउनु भयो । बर्षा लागेसँगै सीमा क्षेत्रको सुरक्षामा नदि तथा खोलाले थप समस्या थपेको छ । कोरोना रोकथामका लागि मात्र बर्षातको समय समेत झण्डै ४ दर्जन हाराहारीमा शसस्त्र प्रहरीले अस्थायी फरवार्ड पोष्ट राखेर सुरक्षा गरिरहेको शसस्त्र प्रहरी नायव उपरिक्षक प्रेम भण्डारीले बताउनु भयो ।

पछिल्लो समय कोरोना कहर तिव्ररुपमा बढ्दै जान थाले पछि जिल्ला प्रसाशसन कार्यालय झापाले विदेशी नागरिको प्रवेशलाई रोकेको छ भने नेपालीको हकमा प्रवेश विन्दुको रुपमा काँकाडभिट्टा नाकालाई मात्र तोकेको छ । तथापि खुल्ला बोर्डर भएकाले मदिराका कारण पनि मानिसको आवातजावत रोकिन नसकेको सीमावर्ती क्षेत्रका बासिन्दाले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा ३०७५ संक्रमित,२१२६ निकाेः ३३ काे मृत्यु
Next post नेपालमा आज ३०४२ संक्रमित, २२४४ निकाेः २६ जनाकाे मृत्यु