२ हजार ८ सय १७ जना थपिए, २ हजार ८ सय १२ जना निकाे

थप २१ काे मृत्यु

२३ कार्तिक २०७७, काठमाण्डाैं–नेपालमा गत २४ घण्टामा २ हजार ८ सय १७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ रहेको छ । नेपालमा निको हुनेको दर ८१.१ प्रतिशत रहेको छ । निकाे हुने प्रतिशत दर पछिल्लाे समय बढ्दै गएकाे छ । यता देशभर पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानी शरणाार्थी शिविरमा काेराेना देखिए पछि कडाइ
Next post अक्सिजन सहितको ३० वेडको कोभिड अस्पताल दमकमा निर्माण