केही दिन मनसुन सक्रीय रहने

Photo from google

६ भदाै २०७८, काठमाडौँ– अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग पूर्मानुमान महाशाखाले जानकारी दिएकाे छ ।  शाखाका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।’

विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यी स्थानमा चट्याङकाे समेत जाेखिम रहेकाे बताइएकाे छ ।  सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १९२० संक्रमित,२२४८ निकाेः२४ जनाकाे मृत्यु
Next post बाँध फुट्न थाले पछि बस्ती जोखिममाः बर्षेनी बाढीको जोखिमले चउरी बस्ती खाली हुँदै (भिडियाे सहित)