बाँध फुट्न थाले पछि बस्ती जोखिममाः बर्षेनी बाढीको जोखिमले चउरी बस्ती खाली हुँदै (भिडियाे सहित)

बाढीले बस्ती सुनसान बन्दै

७ भदौ २०७८/डिकेश लामा

झापाको कन्काइ नदिमा आएको बाढी कारण गौरीगंज गाउँपालिका वडा नं. १ होकलबारीका दर्जनौं घर उच्च जोखिममा परेका छन् । गत हिउँदमा लगाएको बाँध फुट्न थाले पछि बाढी बस्ती पस्न लागेकोले बस्ती बचाउँन स्थानीय तथा सुरक्षाकर्मी सहितको टोली बाँध निर्माणमा जुटेका छन् ।

कन्काई नदिको बाढीले बाँध फुटाउन थाले पछि दक्षिण झापाको गौरीगंज १ होकलबारीका बासिन्दा केही दिन यता राम्ररी सुत्न पाएका छैैनन् । बाढीको उच्च जोखिम रहेको क्षेत्रमा लगाएको बाँध नदिले कटान गरे पछि बस्तीका दर्जनौं घर परिवार उच्च जोखिममा परेको स्थानीयल बताएका छन् । यस अघि अति घना बस्तीमा बर्षेनीको जोखिमले बस्ती खाली हुँदै गएको छ । यस अघि ५ सय भन्दा धेरै घर रहेको चउरी बस्ती अहिले ७० देखि ८० घर परिवारमात्र रहेको स्थानीयले बताएका छन् ।

कन्काई बाँध फुट्यो भने बाढी सिधै गाउँ पस्ने खतरा छ । एक सय भन्दा धेरै घर रहेको होकलबारी चउरी बस्तीका बासिन्दालाई जोगाउँन कोरोनाका कहरका बावजुद पनि आफूहरु लागि परेको जिल्लामा बाँध निर्माण गर्दै आएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो ।

यस अघि ६ सय मिटर बाँध निर्माण गरी बस्तीलाई सुरक्षित गरिएको थियो । तर बाँध भन्दा उत्तर क्षेत्रबाट नदिले कटान थाले पछि सो बस्तीमा समस्या आएको हो । जिल्लामा अहिले जोखिम क्षेत्रमा यसरी नै बाँस र बोरामा बालुवा भरेर आपतकालिन अवस्थामा जोगाउने कार्य गर्दै आएको इन्जिनियर नविनकुमार बेन्जोले बताउनु भयो ।

जिल्लामा गत बर्ष ६ वटा नदि तथा खोलाको ६५ वटा जोखिम स्थानमा यस बर्ष तटबन्धनका योजना थिए । तर बजेट अभाव र ठेकेदारको लार्पावाहीले केही स्थानको काम पुरा गर्न नसक्दा यतिखेर बाँध कटान भएकाले बस्तीहरु बग्ने खतरा बढेको स्थानीयले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post केही दिन मनसुन सक्रीय रहने
Next post नेपालमा आज १८०१संक्रमित,१९२४ निकाेः २४ जनाकाे मृत्यु