विपन्न बस्तीमा बनेन आवासः सीमावर्ती क्षेत्रमा सयौं घर परिवार कष्ट काटेरै रात विताउँछन् (भिडियाे सहित)

४ बर्षमा ७ सय घर विपन्न परिवारमा ७ घर बन्याे बल्ल

९ भदौ २०७८/डिकेश लामा

झापाका कतिपय ग्रामिण क्षेत्रमा अझै पनि विपन्न आवास निर्माण कार्याक्रम पुग्न सकेको छैन । संघीयता कार्यान्वयन यता जिल्लामा २ हजार धेरै घर निर्माण भए पनि ऐलानी जग्गामा बसोवास गर्ने धेरै विपन्न परिवार अझै पनि चुहुने घरमा रात विताउँन बाध्य हुनु परेको छ ।

झापाको १५ वटै स्थानीय तहमा बर्षेनी विपन्न आवास धमाधम निर्माण भईरहेका छन् । तर अझै पनि जिल्लाको दक्षिणी भूभागमा भने सयौं विपन्नहरु उचित आवासकै अभावमा कष्टकर जीवनयापन गर्दै आएका छन् ।  बाह्रदशी गाउँपालिका वडा नं. १ मा ७ सय घर भन्दा धेरैको उचित बसोवास नुहँदा बर्षातमा समस्या भोग्नु पर्ने बाध्यता छ । तर देशमा संघीयता आएको ४ बर्षमा बल्ल वडा भरीमा ७ जना विपन्नले मात्र घर पाएको सो वडा अध्यक्ष शम्भुसिंह राजबंशीले. बताउनु भयो ।


गत आर्थिक बर्षमा मात्र नागरिकलाई सुरक्षित आवास प्रदान गर्न सघन शहरी तथा भवन निर्माण आयोनजा झापाले इलाम, पाँचथर, ताप्लेजुङ्ग र झापा सहित ४ वटा जिल्लामा १६ हजार हाराहारी घरलाई फुसको छाना हटाउने अभियान थालेको थियो । कोरोना कहरका बावजुद पनि कार्यालय मार्फत हुने भवन, सडक र आवासका ९५ प्रतिशत काम भएको कार्यालयका प्रमुख राजेन्द्र खतिवडाले बताउनु भयो ।

झापा जिल्लामा ३ तहका सरकार र सहयोगी दाता समेतले धेरै घर र नयाँ बस्तीहरु निर्माण गर्दै आएका छन् । तर आफ्नो नाममा जमिन नभएकै कारण धेरै सुकुम्बासी परिवारले अझै उचित आवासको अभावमा कष्टकर जीवन विताउन बाध्य हुनु परेको उनीहरुले गुनासो पोख्दै आएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणाार्थी शिविरमा संक्रमण थप बढ्दैः परिक्षण गर्नै मान्दैनन् बिरामी
Next post नेपालमा आज २४८२ संक्रमितः ४४ जनाकाे मृत्यु