खाेप लगाउने पनि पाएनन् खाेप कार्ड 

शरणार्थी शिविरमा खाेप हान्दै,  तस्बीर युवराज साङ्पाङ राई

युवराज साङ्पाङ राई

८ भदाै २०७८,बेलडाँगी– नेपालमा तेस्राे लहरकाे काेराेना संक्रमण हुन सक्ने खतरा भइरहेकाे वेला भूटानी शरणार्थी शिविर वेलडाँगीमा संक्रमण थप बढ्दै गएकाे छ । काेराेनसँग मिल्दाे जुल्दाे लक्षण भए पनि धेरैजसाे परिक्षण नगरी घरमै बस्ने गर्नाले थप संक्रमण बढ्दै गएकाे हुन सक्ने अाशंका गरिएकाे छ । भूटानी शरणार्थी शिविर बेलडाँगीका हेल्थ फोकल पर्सन मनोज राईका अनुसार शिविर बासीहरुमा ९५ जानालाई कोरोना भएका थियो भने ५ जानाले ज्यान नै गुमाएका छन् । राई भन्नु हुन्छ, ‘हामीमा आएको केही बिरामीहरु मात्र हो ६० प्रतिशत हाराहारीले त घरमा नै बसी उपचार गर्दै निकाे पनि भएको छ र अझै पनि केही परिवारले घरमै बसेर उपचार गरीरहेका छन् ।’ परिक्षण गर्न हामीले अनुराेध गर्दा पनि विरामीले नमानेकाे उहाँले बताउनु भयाे । 

खाेप हान्न भेला भएका भूटानी शरणार्थीहरू, तस्बीर युवराज साङ्पाङ राई

तर यता माेरङकाे पथरी शिविरमा भने काेराेनाकाे प्रभाव त्यति धेरै देखिएकाे छैन ।  भूटानी शरणार्थी शिविर पथरीका शिविर सचीव चम्पासिंह राईका अनुसार हालसम्म ९ जान मात्र बिरामी भएक छन् भने अाजसम्म कसैले पनि काेराेनाका कारण मृत्युकाे मुखसम्म पुग्नु नपरेकाे उहाँले जानकारी दिनु भयाे ।  सचिव राईका अनुसार शिविर आसपास र शिविर भ्रमण आउनु भएका आगान्तुकहरुले पनि स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र शिविर भित्र प्रवेश गराउने गरिएकाे छ । तर यता वेलडाँगीमा भने स्वास्थ्य मापदण्ड खासै पालन नगरेकाे स्थानीय अगुवाले बताएका छन् ।

खाेप संचालन गर्न पुग्नु भएकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, वडा अध्यक्ष नविन बराल सहित अन्य कर्मचारीहरू

पछिल्लाे समय भूटानी शरणाार्थी शिविरमा १८ वर्ष माथिका ८० प्रतिशत मानिसले जोन्सन भ्याक्सिन लगाएका छन्  । तर खाेप लगाउनेहरुलाई दमक नगरपालिकाले कार्ड नदिएकाे प्रति धेरै शरणार्थीले गुनासाे पाेखेकाे स्थानीय अगुवा गुनासो गणेश गुरूङले बताउनु भयाे ।  हाल शरणार्थी शिविरमा दर्ता भएका, परिचय-पत्र बिहीन र दर्ता छुट लगायत गरी झण्डै ६ हजार हाराहारीमा रहेकाे शिविर व्यवस्थापन समिति वेलडाँगीले जानकारी दिएकाे छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *