पूनर्वास भएका भूटानी यूवाहरूबाट शिविरका जेष्ठ र अशक्तलाई भता वितरण
११ भदाै २०७८,बेलडाँगी, युवराज साङपाङ राई– भूटानी शरणार्थी शिविर बेलडाँगी र पथरी सनीचरे शिविरका वृद्ध बृद्ध तथा अति अशक्तहरुलाई मासिक भत्ता दिन थालिएकाे छ । भूटानी शरणार्थी शिविर टिमाइका पूर्व शिविर सचिव डिल्लीराम अधिकारी सहित पूनर्वास भएका युवा पुस्ताले इन्ट्रा नेशनल वेलफेयर सर्पाेट फाउण्डेशन अमेरिका मार्फत सहयाेग गर्न थालिएकाे हाे । संस्थाले गएको महिना अगस्ट २०२१ देखि प्रतेक ८० वर्ष माथि र ओछ्येन लागेका अत्ती अशक्त बिरामीहरुलाई मासिक ५ हजारका दरले वितरण गर्न थालेकाे नेपालमा संस्थाका काम गर्दै अाउनु भएका सदस्य रामकुमार बाँनियाले बताउनु भयाे ।
अागामी दिनमा वैकबाटै रकम उपलव्ध गराउने तयारी थालिएकाे बताइएकाे छ । भता सहयाेग वितरण गर्न संस्थाका प्रबन्ध निर्देशक रुद्र बानियाँ, नायक दिलिप रायामझी सहितकाे टाेली शरणार्थी शिविरसम्म अाइपुगेका छन् । उनीहरूकाे टाेलीले माक्स, सेनिटाइजर, खाद्यन्य समेत वितरण गरेकाे बताइएकाे छ ।