वेमौषमी रायोबाट झापामा राम्रो आम्दानी, एक कठ्ठामा झण्डै एक लाखको कमाइ (भिडियो सहित)

मेहनेत गर्नेलाई स्वदेशमै राम्राे कमाइ

१३ भदौ २०७८/डिकेश लामा

वेमौषमी रायोको साग विक्रीबाट टनेलमा खेती गर्ने झापाका किसानले राम्रो आम्दानी लिन थालेका छन् । यो वेला टनेल भित्र उत्पादन गरिएको रायो साग प्रति केजी २ सय रुपयाँसम्म विक्री हुने गरेको किसानले बताएका छन् ।

झापाको दमक वडा नं. ३ मा मान सरोवर संस्थाले टनेलमा गरेको रायो खेतीबाट २ लाख रुपयाँको विक्री गरिसकेको छ । ४ कठ्ठा क्षेत्रमा लगाएको रायो साग अझै १ लाख भन्दा धेरै मुल्यको विक्री हुने संस्थाका अध्यक्ष विश्वनाथ बरालले बताउनु भयो ।

यस्तै यता दमक वडा नं. ४ मा प्राङगरिक खेती गर्दै आउनु भएकी खगमाया थापाले पनि रायो विक्रीबाट राम्रो आम्दानी लिनु भएको छ । बर्खामा टनेल बाहेक बाहिर खेती नहुनेका भएकाले सिमित किसानले उत्पादन गरेका कारण रायो सागको मुल्य र माग उच्च रहेको किसानले बताएका छन् ।

टनेल बनाएर अर्गानिक तवरबाट व्यवसायिक तरकारी खेती गर्ने किसानले यो वेला रायो साग विक्री गर्दैै आएका छन् । वेमौषमी भएकाले थोरै क्षेत्रबाट पनि राम्रो आम्दानी हुने कमल गाउँपालिका वडा नं. १ बाह्रविगेमा लामो समय देखि व्यवसायिक तरकारी खेती गर्दै आउनु भएका किसान लोक बहादुर पाण्डेले बताउनु भयो ।

हिउँदमा प्रति केजी ३० रुपयाँमा समेत विक्री गर्न मुश्किल पर्ने रायो सागको बर्खामा ७ गुणा धेरै मुल्यमा पनि उपभोक्ताको उच्च माग रहेको छ । वेमौषमी रायोमा मेहनेत गर्न सके प्रति कठ्ठा एकलाख रुपयाँसम्म आम्दानी हुन सक्ने व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका किसानले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३३८ संक्रमित, २२६० निकाेः २४ जनाकाे मृत्यु
Next post नेपालमा आज २२९५ संक्रमित, १८०८ निकाेः १६ जनाकाे मृत्यु