नेपालमा आज २२९५ संक्रमित, १८०८ निकाेः १६ जनाकाे मृत्यु

१४ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ३४१ परीक्षणबाट ३९३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार २ सय ३३ परीक्षणमा २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६१ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७३० पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post वेमौषमी रायोबाट झापामा राम्रो आम्दानी, एक कठ्ठामा झण्डै एक लाखको कमाइ (भिडियो सहित)
Next post बाढीकै कारण बस्तीबाट विस्थापित हुँदै जाँदा बस्ती नै खाली हुने अवस्थामा (भिडियाे सहित)