गएकाे २४ घण्टामा २ हजार ५ सय ७१ जनामा संक्रमण

थप १८ जनाकाे मृत्यु, ८१ प्रतिशत निकाे

२४ कार्तिक २०७७,काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् ।  नेपालमा कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।

११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५ सय २० जना पुरुष गरी २ हजार ५ सय ७१ जना संक्रमित भएका हुन् । यस्तै प्रदेश नम्बर एकमा पछिल्लाे २४ घण्टामा १ सय ४४ महिला सहित ३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये सवै भन्दा धेरै माेरङमा १ सय ६२ जना थपिएका छन् ।

गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । आजसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अक्सिजन सहितको ३० वेडको कोभिड अस्पताल दमकमा निर्माण
Next post बाँसको फड्केमा हिड्दा पैसा, पुल नबनेपछि बर्साैं देखि यात्रुलाई सास्ती (भिडियाे सहित)