बाँसको फड्केमा हिड्दा पैसा, पुल नबनेपछि बर्साैं देखि यात्रुलाई सास्ती (भिडियाे सहित)

एकै दिनमा हजाराैं रूपयाँ असुल


२४ कार्तिक २०७७/झापा
दक्षिण झापाको हुलाकी सडकमा निर्माण गरिएको कतिपय ठूला खोला तथा नदिमा लगाइएको पुल नबन्दा यात्रुलाई सास्ती भएको छ । पुल नबने पछि हिउँदमा खोला तर्न व्यक्तिले बनाएका बाँसको अस्थायी फड्के पुल तर्दा मानिसले पैसा तिर्नु पर्ने बाध्यता रहेको गौरादह ६ कोहोवरा निवासी सिताराम ऋषीदेवले बताउनु भयो । ऋषीदेव जस्तै उर्मिला देवी महत्तोले समेत दैनिक हिड्नु पर्ने बाटोमा पैसा तिर्दा र अस्थायी पलमा हिड्दा जोखिम मोल्नु पर्ने गुनासो पोख्नु भयो । एउटै खाेलामा ३ स्थानमा व्यत्ति पिछे पुल राखिएकाे छ । उनीहरू वारीबाट हिड्दा एउटा  र पारीबाट हिड्दा अर्काेले पैसा असुलले गर्दछन् । दैनिक ८ देखि १५ हजारसम्म पैसा जम्मा हुने गरेकाे पुल संचालकले बताएका छन् ।


हिउँदो मौषम लागेसँगै दक्षिण झापामा खोलानालामा बाँसको अस्थायी पुलहरु थाप्ने गरिन्छ । बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने कन्काई, विरीङ्ग, रतुवा लगायतका नदि तथा खोलामा पक्की पुल नबनेपछि बर्षेनी अस्थायी पुल थापिएको छ । जुन अस्थायी पुलबाट हिड्दा यात्रुले प्रति व्यक्ति १०, साइकलको २० र मोटर साइकलको ५० तिर्नु पर्छ । वारीपारी खेती हुने त दैनिक ३ देखि ४ पटकसम्म ओहोर दोहोर गर्नु पर्ने भएको बार्षिक ३ देखि ५ हजारसम्म एकमुष्ठ बुझाउने गरेका छन् ।
देशमा संघीयता आएको ३ बर्ष वितेको छ । सिंहदरबारको अधिकार गाऊँघरमा भन्ने नारालाई चर्चित बनाइएको छ । तर सामान्य पुलमा हिडेको समेत पैसा तिर्नु पर्दा स्थानीय देखि केन्द्रिय सरकारको समेत नागरिकले पाएको हैरानी र व्यक्तिले गरेको मनोमानी प्रति सरकार उदासिन बनेको पुलमा हिड्ने यात्रुले दुखेसो पोखेका छन् ।

भिडियाे हेर्न तलकाे लिंक थिच्नुहाेस् । तपाइलाइ भिडियाे कस्ताे लाग्याे ? कृपया सुझावकाे अपेक्षा गर्दछाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गएकाे २४ घण्टामा २ हजार ५ सय ७१ जनामा संक्रमण
Next post आज २ हजार ७ सय ३६ जना संक्रमित थपिए