बाढी पहिराेका कारण १ सय जनाले गुमाए ज्यानः ४४ जना अझै वेपत्ता

१५ भदाै २०७८, काठमाडौँ– मुलुकका विभिन्न जिल्लामा गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९ जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनु भयाे ।  यस्तै हालै एक साता यता आएको भारी वर्षाका कारण देशका विभिन्न भागमा मात्र १५ जनाले ज्यान गुमाएका छन् । भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर १५ जनाले ज्यान गएको प्राधिकरणले जानकारी दिएकाे छ । उक्त अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । बाढी पहिराेका कारणा अवरुद्ध भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको बताइएकाे छ ।

मनसुनजन्य विपद्मा परेर जेष्ठ ३१ गते यता ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।  मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा अघि बढाइएको छ । यस्तै पुनःस्थापन र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १६६४ संक्रमित,१७८६ निकाेः २० जनाकाे मृत्यु
Next post नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै, मृत्यु संख्या पनि कम हुँदै