पाँचथरमा जस्तै संखुवासभामा एकै परिवारका ६ जनाकाे हत्या

२१ भदौ २०७८, संखुवासभा– दुइ बर्ष अघि पाँचथर जिल्लाकाे अारूवाेटमा जस्तै संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । साेही परिवारका एक असक्त वृद्दा भने सकुसल रहेका छ्न् ।

प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको हत्या भएको हो । स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएक छन् । हत्या गए राती भएकाे या विहानपख भएकाे हुन सक्ने अाशंका गरिएकाे छ । मानिसलाइ लखेटी लखेटी मारेकाे जस्ताे प्रकृति देखिएकाे शिक्षक अाेझाले जानकारी दिनु भयाे ।

यसैबीच घटनाकाे जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ । शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै थप अनुसन्धान हुनेछ । प्रहरीका अनुसार अहिले घटनास्थलमा प्रहरी चौकी लादिमुलखर्कको टोली पुगिसकेकाे छ ।

घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी सकुशल छन् तर अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन । परिवारको हत्या किन र के कारणले भयो भन्ने खुल्न सकेको छैन । यस्तै घटना २ बर्ष अघि पाँचथरकाे मिक्लाजुङ वडा नं. ३ मा दुइ परिवारका ९ जनाकाे हत्या भएका थियाे । २०७६ सालकाे जेठ महिनाकाे ६ गते राती अारूवाेटे भन्ने स्थानमा ९ जनाकाे हत्या भएकाे दाेषी अहिलेसम्म पता लागेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज १८९७ संक्रमित, १७४३ निकाेः २० जनाकाे मृत्यु (ताजा तालिका सहित)
Next post नेपालमा आज १६७७ संक्रमित, २०७२ निकाेः २१ काे मृत्यु