आज २ हजार ७ सय ३६ जना संक्रमित थपिए

२५ कार्तिक २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन् भने पछिल्लाे २४ घण्टामा ८ सय ५३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण गरिएकाे हाे ।  नेपालमा आजसम्म १ लाख ९९ हजार ७ सय ६० जना संक्रमित भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ रहेको छ । नेपालमा निको हुनेको दर ८० प्रतिशत रहेको छ ।

कोरोनाबाट थप २२ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । यस्तै प्रदेश नम्बर एकमा ३ सय १५ थपिएका छन् । जसमध्ये सवैभन्दा धेरै माेरङमा एक सय र झापामा ७५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाँसको फड्केमा हिड्दा पैसा, पुल नबनेपछि बर्साैं देखि यात्रुलाई सास्ती (भिडियाे सहित)
Next post चाँडाे खाेप ल्याउन सरकारले गर्याे समिति गठन