भड्किलो बन्दै तीजः यस बर्ष काेराेना कहरका बावजुद पनि केही चहल पहल बढ्याे

Photo from google

२३ भदाै २०७८, सारासन्देश समाचार– हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायाममा धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यू पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्यूमा पकाएको खाजा, तामा, गाभा जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो । तर विस्तारै याे चलन परिमार्जन हुँदै गएकाे छ ।

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा थियो । तर हिजोआज भने माछा, मासु, खिरलगायत विभिन्न परिकार बनाएर दर खाने प्रचलन छ । राती अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन छ । त्यही भएर पनि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्यूमा चामललाई भुटेर बनाइएको दरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि दरखाने गरिन्थ्यो ।

तर पछिल्लाे समय दरखाने निहुँमा पार्टी, प्यालेस, होटलमा महिला जम्मा भई महँगा लत्ताकपडा गरगहनामा सजिएर प्रतिस्पर्धा गर्नेहरुको लहर देखिन थालेकाे छ । कतिपय ठूला शहरमा यस बर्ष पार्टी प्यालेस तथा हाेटलमा गइ कोरोना महामारीलाई पनि वेवास्ता गरी दरखान जाने महिलाहरू गत बर्षकाे तुलनामा निक्कै बढेकाे छ । गत बर्ष घरमा सिमित बनेकाे तीज यस बर्ष सडकमा देखिएकाे जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएकाे छ । कार्यालयले ३ दिन अघि मात्र मेला, जात्रा जस्ता भिडभाड हुने कार्य गर्न नमिल्ने सूचना जारी गरेकाे छ । तथापी सूचनाकाे वेवास्ता गर्दै अाज धेरै स्थानमा सामुहिक तीज कार्याक्रम समेत भएका छन् ।  दरखाने नाउँमा तडकभडक देखिन थालेकाले यसले नकरात्मक सँस्कृतिकाे विकास हुँदै गएका सामाजिक अगुवाकाे भनाइ छ ।

नारी अधिकारका रुपमा तीज

हिन्दुहरुले मनाउने विभिन्न पर्वमध्ये महिलाहरुको महान् पर्वको रुपमा हरितालिका तीजलाई मनाउँदै आइएको छ । यो चाड महिलाको स्वतन्त्रताको पर्व पनि हो । नारीहरूले घरपरिवार, समाजबाट भोग्नु परेका पीडा र व्यथालाई अन्य कुनै पनि समयमा बोल्दा थप यातना भोग्नुपर्ने महिलालाई तीजका भाकामा गाएर साथी, इष्टमित्र बजारमा गाउँदा कसैले केही नभन्ने स्वतन्त्रता भएकाले यो पर्व महिलाहरूको महान् पर्वका रुपमा लिइएको अगुवा महिलाकाे भनाइ छ । तर पुराना चलन र भाकाहरू लाेप हुँदै गएकाले तीजकाे साँस्कृतिक माैलिकता हराउला कि भन्ने चिन्ता बढेकाे सामाजिक अगुवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना संक्रमण र मृत्यु दर केही दिन यता कम हुँदै
Next post साफ च्याम्पियनशीपका लागि नेपाली खेलाडी आज कतार प्रस्थान