स्वास्थ्य मापदण्ड र कार्य ढाँचा पालना गरेर मात्र विधालय खाेल्न पाउने
३१ भदाै २०७८, काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पाैडेलले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताउनुभयो । उहाँले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्न समेत निर्देशन दिनुभएकाे छ ।
विधालय खाेल्न चाहानेले कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न पाउने उल्लेख्य गरिएकाे छ । यस्तै शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले भाेली असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । तर यस अघि नै कतिपय संस्थागत विधालयहरू भने खुल्न थालेका छन् ।
विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने विधालय संचालन सम्बन्धी कार्य ढाँचा २०७७ मा उल्लेख्य गरिएकाे छ ।