नेपालमा १ लाख ६२ हजार निकाे भए, निकाे हुने दर बढ्दै

२६ कार्तिक २०७७, काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ रहेको छ । नेपालमा निको हुनेको दर ८१.१ प्रतिशत रहेको छ । यसैगरी संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५ हजार ६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना डिस्चार्ज भएका छन् ।

कोरोनाबाट थप २६ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चाँडाे खाेप ल्याउन सरकारले गर्याे समिति गठन
Next post संक्रमित भन्दा निकाे हुने धेरै, २३४९ जनाले जिते काेराेना