संक्रमित भन्दा निकाे हुने धेरै, २३४९ जनाले जिते काेराेना
२७ कार्तिक २०७७,काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् । यस्तै थप १ हजार ९ सय १३ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय १३ संक्रमित भएका हुन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४ हजार २ सय ४२ रहेको छ ।
नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको संख्या १५ लाख ८४ हजार ३ सय १७ रहेको छ । अहिले ३८ हजार ४ सय ६१ जना आइसोलेसनमा छन् भने ९ सय ७४ जना क्वारेन्टाइनमा बसेका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ रहेको छ । नेपालमा निको हुनेको दर ८०.६ प्रतिशत रहेको छ ।
कोरोनाबाट थप १५ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।