
१ अशाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६ सय ६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७ सय २० परीक्षणबाट ४ सय ७२ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३८५ परीक्षणमा १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।
