खुल्न थाले झापाका पर्यटकीय क्षेत्रः बाँसबारी पर्यटन क्षेत्र नयाँ संरचनाले थप आकार्षित बन्याे (भिडियाे सहित)

लामाे समय पछि खुल्न थाले पर्यटकीय क्षेत्र

३१ भदौ २०७८/डिकेश लामा

कोरोना संक्रमण नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाका कारण बन्द रहेका पर्यटन क्षेत्रहरु खुल्न थालेका छन् । झण्डै ५ महिनाको बन्द पछि खुल्न थालेका झापाका सिमसार तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ ।

लामो समय पछि निषेधाज्ञा खुकुलो गरेसँगै झापाका केही धार्मिक तथा पर्यटकीय क्षेत्र खुल्न थालेका छन् । लामो समय पर्यटन क्षेत्र बन्द हुँदा धेरै समस्या भोग्नु परेको पर्यटकीय क्षेत्र संचालन गर्दैैै आएका पदाधिकारीले बताएका छन् ।

कोरोना कहरले भएको बन्दका कारण जिल्लाका दर्जन बढी पर्यटकीय क्षेत्रमा झार जंगलले छोपेको छ । केही दिन यता पर्यटकीय क्षेत्र खुल्ला गरे पनि पर्यटकको भने खासै आगमन भएको छैन । बन्दका कारण पर्यटन क्षेत्र व्यवस्थापनमा गर्न ऋण लागेको बाँसबारी सामुदायिक बनका अध्यक्ष तक्दिर प्रसाईंले बताउनु भयो ।

जिल्लामा दर्जन बढी पर्यटन क्षेत्र रहेको भए पनि कतिपय भने अझै बन्द रहेका छन् । झापाको केही आकार्षक पर्यटकीय क्षेत्र दोमुख, कालिका, बाँसबारी, जामुनबारी लगायतका क्षेत्रहरु खुल्न थालेका छन् । लामो समयको बन्दले घर भित्र बसेका मानिसहरु मनोरञ्जनका लागि निस्कन थालेको उनीहरुले बताएका छन् ।

सरकारले निषेधाज्ञा हटाए पनि अझै पनि भिडभाड हुने क्षेत्र तथा मनोरञ्जन गर्ने प्रकृतिका स्थानहरु भने खुल्ला गरेको छैन । तर हतार गरेर यस्ता पर्यटकीय क्षेत्रहरु खुल्ला गर्दा जोखिम बढ्न सक्ने हुनाले सवै सचेत हुनु पर्ने स्थानीय अगुवाले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५११ संक्रमित, १०८९ निकाेः ११ जनाकाे मृत्यु
Next post नेपालमा आज १५५८ संक्रमित,१३५१ निकाेः १० जनाकाे मृत्यु