दमकका स्काउटले मनाए अन्तर्राष्ट्रिय शान्ति दिवस

६ अशाेज २०७८, झापा– नेपाल स्काउट संगठनले मनाउदै आइरहेको अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा बक्तृत्वकला प्रतियाेगिता मंगलबार सम्पन्न गरेकाे छ । नेपाल् स्काउट दमक तदर्थ समितिले पनि दमक न.पा.को सभा हलमा “विश्व शान्तिमा विद्यार्थीको भुमिका “बिषयमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेकाे हाे ।  तदर्थ समितिका संयाेजक ओमप्रसाद आचार्यको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीकाे प्रमुख अाथित्यमा भएकाे कार्याक्रममा विभिन्न विधालयका स्काउट मास्टर, शिक्षक, स्काउट राेभर, रेन्जरहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले यस्ता कार्यक्रमले विधार्थीकाे क्षमताकाे विकाससँगै समाज परिवर्तनमा टेवा पुग्ने बताउनु भयाे ।

प्रतियाेगितामा एलिया श्रेष्ठ, दीक्षा वाग्ले, कृपेश श्रेष्ठ क्रमशः प्रथम, दितीय र तृतीय भएका छन् । यस्तै रीया अाचार्य र गाैरब पाैडेलले सान्तवना पुरस्कार पाएका छन् । स्काउट प्रशिक्षक सकुन्तला सुब्बा तथा साहित्यकार धनकुटे कान्छाले निर्णायकको भुमिका निभाउनु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post घरमै पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
Next post पारिवारिक बेमेलकै कारण हत्या: महिलालाई टुक्रा–टुक्रा पारेर खाेलामा फालियाे