0 0
Read Time:1 Minute, 46 Second

२९ कार्तिक २०७७, काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट २४ घण्टामा २ हजार ५ सय ३ जना डिस्चार्ज भएका छन् । यसैगरी थप १ हजार ९ सय ४६ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ७ सय ५३ जनाको गरिएको पीसीआर परीक्षणमा १ हजार ९ सय ४६ संक्रमित भएका हुन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ८ हजार २ सय ९९ रहेको छ ।

नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको संख्या १६ लाख २ हजार ६ सय ३ रहेको छ । अहिले ३६ हजार ४ सय ५२ जना आइसोलेसनमा छन् भने एक हजार ५७ जना क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ रहेको छ । नेपालमा निको हुनेको दर ८१.९ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप १३ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय १५ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *