एकैदिनमा ३ हजार ५ सय ३७ जनाले जिते काेराेना

२८ कार्तिक २०७७, काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार ५ सय ३७ जना निकाे भएर घर फर्किएका छन् । यसैगरी थप २ हजार १ सय ११ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९५३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय ११ संक्रमित भएका हुन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ६ हजार ३ सय ५३ रहेको छ ।

नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० रहेको छ । अहिले ३७ हजार २२ जना आइसोलेसनमा छन् भने ९ सय ८६ जना क्वारेन्टाइनमा बसेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६८१२९ रहेको छ । नेपालमा निको हुनेको दर ८१.५ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप १३ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गुणस्तहीन २ हजार लिटर स्यानिटाइजर नष्ट
Next post आज २५०३ जनाले जिते काेराेना, १९४६ संक्रमित थपिए