ओलीको गृहनगर दमकबाटै एकीकृत समाजवादीको कमिटी घोषणा

९ असोज २०६७८, सारासन्देश समचार– नेकपा पार्टी विभाजन भएसँगै कसले संगठन विस्तार चाँडाे गर्ने प्रतिस्पर्धा हुन थालेकाे छ  । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी खड्ग ओलीकाे गृह नगर दमकमा माधव नेपाल अध्यक्ष रहेकाे नेकपा (एकिकृत समाजवादी) पार्टीकाे जिल्लामा पहिलाे नगर कमिटी गठन भएकाे छ । नेकपा (एकीकृत समाजवादी ) को दमक नगर कमिटी आज एक कार्यक्रमबीच घोषणा गरिएको हाे । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा दमक नगर कमिटी घोषणा गरिएको हो ।
नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू रहेका छन् । त्यस्तै सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् । त्यस्तैं, सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेवी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुढाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेडाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।
घोषणा तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले एकीकृत समाजवादीमा जनताको आशा र भरोसा रहेको बताउँदै नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा अघि बढाउन एकीकृत समाजवादीले मात्रै सक्ने भएकोले पार्टी कार्यकर्तालाई आ-आफ्नो स्थानमा इमान्दारीका साथ काम गर्न आग्रह गर्नु भएकाे छ ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख समेत रहेका अग्रज पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य भीम दाहाल, बिष्णु न्यौपाने, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ९५३ संक्रमित, १३७१ निकाेः ६ जनाकाे मृत्यु
Next post नेपालमा आज ८३४ संक्रमित, १२७९ निकाेः ९ जनाकाे मृत्यु