१० असाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ८ सय ३४ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा ८ सय ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार २ सय ७९ जना डिस्चार्ज भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९६ जना पुगेकाे छ। नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १९ हजार १ सय ४२ मा झरेकाे छ ।