जंगली हात्तीले लियो महिलाको ज्यान

जिल्लामा ४८ जनाले हात्तीकै कारण गुमाए ज्यान


१४ असोज २०७८/डिकेश लामा
आज मध्यान्ह तिर भद्रपुर नगगरपालिका वडा नं. ८ नेपाल चोक बस्ने सुकलाल मर्डी आतिन्दै अस्थायी प्रहरी चौकी गरामनी पुग्नु भयो । उहाँले प्रहरीलाई आफ्नो श्रीमतीको ज्यान बचाउन आग्रह गर्नु भयो । उहाँले प्रहरीलाई, मेरो श्रीमतीलाई हात्तीले सुडले च्यापेर जंगल तिर लगेको भन्दै गुहार माग्नु भयो ।
हतार हतार गरेर जिल्लाका सुरक्षा संयन्त्र र स्थानीय बासिन्दा महिला खोज्न जङगल निस्किए । तर महिलाको उदार नभई लाश मात्र फेला पर्यो । यो घटनाको विवरण आज झापाको चन्द्रगढी सामुदायिक बनमा भएको हो ।
जंगली हात्तीले झापाको चन्द्रगढी सामुदायिक बनमा आज मध्यान्ह निगुरो टिपीरहेको अवस्थामा भद्रपुर नगरपालिका वडा नं. ८ बस्ने ५० बर्षीय लतुमाई मर्डीलाई जंगलबाट आएको हात्तीले सुडले च्यापेर बन तर्फ लगेको खबर मृतकका श्रीमान्ले नजिकै रहेको अस्थायी प्रहरी गरामनीमा खबर गरेका थिए ।


खबर पाउन साथ तत्काल नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा महिलाको लाश सेती खोलाको पैनीमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । महिलाको लाश हात्तीले च्यापेर लगेको स्थान देखि झण्डै ७ किलो मटिर पूर्व दक्षिण रहेको बताइएको छ । घटना र घटना स्थलको आवश्यक अनुसन्धान र कानुनी प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिनु भयो ।
झापा जिल्ला हात्ती प्रभावित क्षेत्र हो । विगत झण्डै एक दशक यता यस जिल्लामा ५ गैर नेपाली र ४३ नेपाली गरी ४८ जनाको हात्तीले ज्यान लिइसकेको डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिनु भयो । यसै गरी यो अवधीमा १३ वटा जंगली हात्तीको मृत्यु समेत भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेश फिर्तीकाे माग गर्दै प्रमकाे ध्यानाकर्षण
Next post नेपालमा आज १०७८ संक्रमित, ९११ निकाेः १२ जनाकाे मृत्यु