कन्काइ ५ दिलमाया स्मृती कपकाे छनाैटमा पर्न सफल

१५ असोज २०७८/सारासन्देश खबर– झापाको कनकाई नगरपालिका अन्तर्गतको दिलमाया स्मृति कप छनौटमा कनकाई ५ को टिम प्रवेश गरेको छ । आज सम्पन्न खेलमा वार्डनम्बर ५ ले २ लाई ट्राईब्रेकरमा पराजित गर्दै दिलमाया कपको उत्कृष्ट ८ टिमभित्र पर्न सफल भएको दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले बताउँनुभयो । आज भएको खेल समय गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेलान्टी सुट आउटबाट गरिएको थियो । वडा नम्बर २ का २ खेलाडीको प्रहार ५ का गोल किपरले रोकेपछि ५ नम्बर ४–२ गोल अन्तरले बिजयी भएको हो ।
भोली हुने वडा नम्बर ४ र ६ विचको बिजयी टिम समेत उत्कृष्ट ८ मा पर्ने खेल सहसंयोजक सुवेदीले बताउनु भयो ।

झापा क्षेत्र नम्बर ४ भरका २८ टोली सहभागि खेलमा उत्कृष्ट ८ विच दुधे खेल मैदानमा हुने छ । यस क्षेत्रका माननीय एलपी साँबा लिम्बुको मममतामयी माताको स्मृतिमा भइरहेको दिलमाया कपको बिजयी तथा उपबिजयी हुने टिमले नगद २ लाख २५ हजार र १ लाख २५ हजार रुपैँया पाउने छ भने उत्कृष्ट ८ मा पर्ने टिमले समेत नगद पुरस्कार पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १०६६ संक्रमित, ९३८ निकाेः १३ जनाकाे मृत्यु
Next post नेपालमा आज १०६६ संक्रमित, ९३८ निकाेः १३ जनाकाे मृत्यु