भीडका कारण उपचारमा समस्याः दमक अस्पतालमा प्रदेश नम्बर एकमै विरामीको उच्च चाप (भिडियाे सहित)
स्वास्थ्य बीमा कार्यक्रम अन्य अस्पतालमा पनि संचालन गर्न बिरामीकाे माग
१६ अशोज २०७८/डिकेश लामा
सरकारी अस्पतालमा मात्र बीमा मार्फत उपचारमा हुँदा विरामीको चाप बढ्न थालेको छ । झापा जिल्लामा रहेको दमक अस्पतालमा ठूलो क्षेत्रबाट दैनिक एक हजारसम्म विरामीको चाप हुन थाले पछि उपचारमा समस्या हुन थालेको हो । दमक नगरपालिकामा रहेको दमक अस्पतालमा पछिल्लो समय प्रदेश नम्बर एकमै सवै भन्दा धेरै विरामीमा चाप बढेको छ । सरकारले सरकारी अस्पतालमा मात्र विमा वापत उपचार गर्ने कार्य थालेसँगै अस्पतालले धानी नसक्ने गरी चाप बढेको हो । जसका कारण कोरोना संक्रमणको समेत उच्च जोखिम रहेको कोभिड व्यस्थापन फोकल पर्सन देवी दंगालले बताउनु भयो ।
अस्पतालमा हड्डी, बाल, छाला, मनोरोग, दाँत, सल्यक्रिया लगायतका धेरै सुविधा राखेकाले पनि अन्य जिल्लाबाट समेत विरामी आउने गरेका छन् । विमाका कारण चाप बढेकाले अन्य सामुदायिक अस्पतालमा समेत बीमाबाट उपचार गर्ने व्यवस्था मिलाउनु पर्ने नगरका सामाजिक अगुवा अम्बिका खनालले बताउनु भयो ।
जिल्लामा दुई वटा मात्र सरकारी अस्पताल रहेका छन् । बीमाबाट उपचार गर्न एक जना विरामीले ३ देखि ४ दिनसम्म धाउनु पर्ने बाध्यता रहेको उनीहरुले गुनासो पोखेका छन् । जसले गर्दा अन्य अस्पताललाई पनि बीमाबाट उपचार गर्ने अधिकार दिनु उनीहरुको भनाइ छ ।
३ जिल्लाको सिमानामा पर्ने दमक अस्पतालमा पछिल्लो समय विरामीको चाप अध्याधिक बढेको छ । सरकारी अस्पताल बाहेक सामुदायिक अस्पतालमा समेत बीमाको उपचार लागु नगरे उपचारमा विरामीहरुलाई समस्या हुने उनीहरुले बताएका छन् ।
भिडियो रिर्पोट हेर्नका लागि तलको लिंक थिच्नुहोस ।