परिक्षण घटेसँगै संक्रमित घटे, निकाे हुने दिनहुँ बढ्दै

२ मंसिर २०७७, काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टामा २ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । तर यता तिहारका कारण पीसीआर परीक्षण गराउनेको संख्यामा कमी आएसँगै संक्रमितको संख्या भने घटेकाे छ ।  पछिल्लो २४ घण्टामा संख्या ५ सय २ जनामात्र संक्रमित थपिएका छन् ।  गत २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गराउँदा जम्मा ५ सय २ जनामा संक्रमण भेटिएको हाे ।

गत २४ घण्टामा कोरोनाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हालसम्म डिस्चार्ज हुने १ लाख ७९ हजार २ सय ४२ छन् । निको हुने दर पनि वृद्धि भएर ८४ दशमलव ८ प्रतिशत पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ६८ रहेको छ । त्यो संख्या संक्रमितको १४ दशमलव ६ प्रतिशत हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २४ घण्टामा २९३४ जना संक्रमण मुक्त ११९७ संक्रमित थपिए
Next post ३५३८ निकाे १४४२ संक्रमित