३५३८ निकाे १४४२ संक्रमित

३ मंसीर २०७७, काठमाडौं- नेपालमा गत २४ घण्टामा ३ हजार ५ सय ३८ जना निकाे भएका छन् । यस्तै थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ३१ जनामा गरिएको पीसीआर परीक्षणमा ९ सय ८ पुरुष र ५ सय ३४ जना महिलामा गरी १ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post परिक्षण घटेसँगै संक्रमित घटे, निकाे हुने दिनहुँ बढ्दै
Next post पार्टी एकताको विकल्प छैनः मन्त्री भट्टराई