अवको पत्रकारिता अधिकारबाट बन्चित समूदाय तथा विषयमा केन्द्रित हुुनु पर्नेमा जोड


१७ अशोज २०७८/सारा सन्देश समाचार (फाेटाेः पर्वत तामाङ)
अवको पत्रकारिता संवैधानिक अधिकारबाट बन्चित समूदाय र विषयमा केन्द्रित हुनु पर्ने झापाका सक्रीय यूवा पत्रकारले बताएका छन् । जिल्लाका ५ जना पत्रकारले एक साता दिएको तालिममा विभिन्न पालिकाबाट १५ जनाको सहभागिता रहेको छ । स्थानीय सरकारको सहयोगमा झापाको दमकमा भएको तालिम दमक खबर मिडिया प्रा.लि.को आयोजनामा भएको हो । तालिम संचालनका लागि दमक नगरपालिका र हल्दिबारी गाउँपालिकाले सहयोग गरेका छन् ।


लामो कोरानो कहर पछि शुरु भएका यस्ता तालिमले केही स्थानीय संचार माध्यममा कार्यरत र उच्च शिक्षा अध्ययन गर्दैै आएका विधार्थीलाई समाचार लेखन र समाजमा नागरिकले गर्नु पर्ने दायित्वबारे बोध गराएको तालिममा सहभागीले बताएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाका सचीव डिकेश लामाको प्रमुख आथित्य तथा अविन मेयाङबो लिम्बुको सभापतित्वमा भएको समापन कार्याक्रममा तालिमले नव प्रवेशी पत्रकारलाई दक्षता अभिबृद्धिमा टेवा पुग्ने कार्याक्रमका बक्ताहरुले बताएका छन् ।

तालिम आमसंचार तथा पत्रकारिता विषयका प्राध्यापक डिकेश लामा, गोपाल काफ्ले, युवा पत्रकार चिरञ्जीवि घिमिरे, उत्तम रिजाल, मन नेम्बाङ्ग लगायतले तालिम दिइएको आयोजक दमक खबर मिडियाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानीका पीडा नव्बेका घाऊहरु लोकार्पण
Next post नेपालमा आज ६७९ संक्रमित, १४०५ निकाेः ७ जनाकाे मृत्यु