नेपालमा संक्रमण दर घट्दैः स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने

२२ असाेज २०७८, काठमाडौँ- विगत केही दिन यता काेराेना संक्रमण दर घट्दै गए पनि स्वास्थ्य मापदण्ड भने पूर्णरूपमा पालना गर्नु पर्ने स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ३३ जना निकाे भएका छन् । याेसँगै निकाे हुनेकाे संख्या ७ लाख ७४ हजार १ सय ७४ जना पुगेका छन् ।

यस्तै सङ्क्रमणबाट आज १० जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २ सय १० जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् । आज ४३ हजार ९४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् भने हालसम्म ८० लाख ४१ हजार ५ सय ९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६ सय ३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालको पहिलो कृषि पर्यटन क्षेत्र गौरादहमा पाहुना घर संचालनमा (भिडियाे सहित)
Next post दमक नगरकाे बार्षिक समिक्षाः काेराेना कहरले विकास खर्च प्रभावित