नेपालको पहिलो कृषि पर्यटन क्षेत्र गौरादहमा पाहुना घर संचालनमा (भिडियाे सहित)

photos: Bal diwash Tamang

२१ असोज २०७८/डिकेश लामा

कृषि पर्यटनलाई लक्षित गरी झापामा पहिलो पटक कृषि नमूना पाहुना घरको निर्माण गरिएको छ । सरकारले एक सय पर्यटन गन्तव्य स्थलमध्ये कृषि पर्यटनको रुपमा छनौट गरेको झापाको गौरादह वडा नं. ५ को एकिकृत नमूना खेतीमा कृषि पर्यटन पाहुन घर संचालनमा ल्याइएको छ ।

संघीय सरकारको सँस्कृति पयर्टन तथा नागरिक उडयन मन्त्रालयको दुई आर्थिक बर्षमा गरी २ करोड करोड १५ लाख खर्चमा कृषि पर्यटन पाहुना घर निर्माण गरिएको छ । सरकारले छनौट गरेको एक सय पर्यटन क्षेत्रमा सूचिकृत एकिकृत नमूना खेतीमा आउने कृषि पर्यटकलाई लक्षित गरी पाहुना घर निर्माण गरी संचालनमा ल्याइएको खेतीका अध्यक्ष वेदनिधी चापागाईंले बताउनु भयो । नमूना खेतीमा ७४ जना किसानले एकिकृतरुपमा ८० विगाहमा सामुहिक खेती गर्दै आएका छन् । खेतीमा बृहतरुपमा हाइव्रेड मकै, धान लगायतको मुल विऊ उत्पादन र अनुसन्धान समेत शुरु गरिएको छ । पछिल्लो समय स्थानीय क्षेत्रका गोष्ठी तथा सम्मेलन जस्ता कार्याक्रम समेत पाह्ना घरमा संचालन हुन थालेका छन् ।

५० जनासम्म एकै पटक बस्न सक्ने गरी पाहुना घर निर्माण गरिएको छ । लामो कोरोना कहर पछि केही खुकुलो भएसँगै पाहुना घर संचालनमा ल्याइएको हो । ग्रामिण क्षेत्रको मुख्य पेशा नै कृषि भए पनि यसलाई पर्यटनसँग जोड्ने कार्य भने न्यून छ । तर हालै आएर कृषि पर्यटनलाई समेत सरकारले जोड दिएकाले यसबाट कृषि क्षेत्रको विकाससँगै आर्थिक उपार्जनमा समेत टेवा पुग्ने अगुवा किसानको भनाइ छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एक साथ झापाका विभिन्न स्थानमा जिउँदो माछा बिक्री केन्द्र सञ्चालन
Next post नेपालमा संक्रमण दर घट्दैः स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने