झापामा नेपालकै धेरै रबर खेतीः कसरी हुन्छ रबरकाे विरूवा उत्पादन? (भिडियाे सहित)

विरुवा उत्पादन खर्चिलो र धेरै मेहनेत लाग्ने

२३ असोज २०७८/डिकेश लामा

नेपालमा देशकै सवै भन्दा धेरै झण्डै ५ सय हेक्टरमा रबर खेती हुने झापा जिल्लामा माग अनुसारको विरुवा उत्पादन हुन सकेको छैन । रबरको उन्नत विरुवा उत्पादन विधि झन्झटिलो, खर्चिलो र धेरै समय लाग्ने भएकाले आवश्यक विरुवा उत्पादन हुन नसकेको किसानले बताएका छन् । झापामा आरगो फरेस्टिक प्रोमोशन सेन्टरले नेपालमा एक मात्र उन्नत जातको रबरको विरुवा उत्पादन गर्दै आएको छ । तर उन्नत विरुवा निर्माणका लागि दानाबाट उमारिएको विरुवामा अर्को विरुवा प्रत्यारोपण प्रकृया धेरै हदसम्म असफल हुने भएकाले यथेष्ट विरुवा उत्पादन हुन नसकेको धेरै बर्ष देखि रबरको नर्सरीमा काम गर्दै आाउनु भएका पीटी भुटियाले बताउनु भयो ।

रबरको चोप निकाल्न समेत तालिम लिएका जनशक्तिले मात्र सक्छन् । रुखलाई नविगारीकन चोप निकाल्ने, विरुवा उमार्ने लगायतका काममा अनिवार्य तालिम लिएर मात्र काम गर्न सकिने तालिम लिएर काममा लाग्नु भएकी मुना तामाङले बताउनु भयो ।

नेपालको सवैभन्दा धेरै रबर खेती हुने झापामा खेती विकासका लागि रबर जोन कार्याक्रम समेत संचालनमा ल्याइएको छ । विरुवाको अभावमा हुन थाले पछि पछिल्लो समय नर्सरी विस्तारमा समेत अनुदान दिन थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रबरजोनका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

अढाई देखि ३ बर्षमा रोपणका लागि योग्य मानिने रबरको उन्नत विरुवा प्रतिगोटा ३ सय १० रुपयाँमा नर्सरीबाटै विक्री हुँदै आएको छ । तर उन्नत विरुवा उत्पादन गर्दा प्रत्यारोपण ३० प्रतिशत मात्र सफल हुने भएकाले उल्लेख्य विरुवा उत्पादन हुन नसकेको विरुवा उत्पादनमा लागेका कृषि प्राविधिकको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७६० संक्रमित, ८९९ निकाेः ११ जनाकाे मृत्यु
Next post नेपालमा संक्रमण दर घट्दैःआज ५९६ संक्रमित, ८७१ निकाे (तालिका सहित)