भारतले सीमा नाका नखोल्दा काँकडभिट्टामा समस्या: चाडबाडले गर्दा पैदल यात्रीकाे चाप बढ्याे (भिडियाे सहित)

२४ असोज २०७८/डिकेश लामा

नेपाल सरकारले भारतसँग जोडिएका नाकाहरु खुल्ला गर्ने निर्णय गरेसँगै पूर्वी नेपालको अन्य नाका खुले पनि काँकाडभिट्टा नाका भने खुल्न सकेको छैन । सरकारले सीमा नाका खुल्ला गरेको भने पछि मानिसको चाप बढ्न थालेको तर भारतले यातायत प्रवेश गर्न नदिएकाले समस्या भएको सीमाका व्यवसायीले बताएका छन् । भारततर्फ नाका नखुल्दा यतिखेर सीमा क्षेत्र मेची पुलमै यातायतको जाम हुन थालेको छ । भारतको पश्चिम बंगाल सरकारले अझै पनि बोर्डर शील गरेकाले भन्सार पकृया पुरा गरेर आउने यातायत र मानिसलाई समेत सहजता नभएको सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरिक्षक सुनिल दाहालले बताउनु भयो ।

नाका खुल्ला नगरे पनि स्वास्थ्य मापदण्ड अपनाएर हिड्नेहरुको संख्या भने बढ्न थालेको छ । भारत तर्फ पनि पीसीआरको रिर्पोट वा खोप पुरा गरेको कार्ड देखाएर यातायत बाहेक पैदल यात्रुलाई भने प्रवेश दिइएको छ । जसका कारण पछिल्लो समय यात्रुहरुको संख्या बढ्न थालेको नेपाल तर्फ स्वास्थ्य परिक्षणमा खटिनु भएकी स्वास्थ्यकर्मी रुक्सना खातुनले बताउनु भयो ।

चाडबाढ नजिएका कारण र सरकारले सीमा खुल्ला गरिएको भने पछि मानिसहरुको आवात जावात सीमा क्षेत्रमा बढ्न थालेको हो । तर सीमा आए पछि प्रवेशमा समस्या भोग्नु परेको यात्रुले दुखेसो पोखेका छन् ।

सरकारले सीमा खुल्ला गरे पनि स्वास्थ्य मापदण्डलाई भने पालना गर्न गराउन निर्देशन दिएको छ । तेस्रो लहर समेत आउन सक्ने जोखिम रहेकाले सवैले स्वास्थ्य मापदण्डलाई पालना गर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमण दर घट्दैःआज ५९६ संक्रमित, ८७१ निकाे (तालिका सहित)
Next post सुकुम्बासी र प्रहरीबीच झडप हुँदा बुटवलमा ४ जनाकाे मृत्यु, प्रहरी, पत्रकार सहित दर्जनाैं घाइते