पितृको नाममा पीण्डकाे साटाे सय परिवार असहायलाई चामल वितरण


२६ अशोज २०७८/डिकेश लामा
पितृले पीण्ड खान्छन् खाँदैनन् तर असक्तले चामाल भने पक्कै खान्छन्
सोह्र श्राद्धमा हिन्दु धर्मावलम्भीले मरेका पितृको नाममा पिण्ड चढाउने चलन छ । तर शरणार्थी शिविरबाट अमेरिका पुग्नु भएका एक भूटानी परिवारले पितृको नाममा सोह्र श्राद्धको अवसरमा एक सय घर परिवारलाई दशैंका लागि खाद्यन्य वितरण गरेका छन् । वेलडाँगी शरणार्थी शिविर र पथरीमा गरी पितृको नाममा आत्मा सन्तुष्टीका लागि विष्ट परिवारबाट चामल वितरण गरिएको अमेरिकाका पेन्सिलभेनियामा रहनु भएका सिद्धबहादुर विष्टले बताउनु भयो ।

साम्ड्रुप जोङखर जिल्ला बक्कुली व्लक मन्सिटार गाउँ ठेगाना भई झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका पुग्नु भएका विष्ट परिवारले यस बर्ष दशैंको मुखमा असक्त र असहाय शरणार्थी परिवारलाई २५ केजीका दरले चामाल वितरण गर्नु भएको छ । पारिवारिक विखण्डनका कारण एक्लिका भूटानी बृद्ध तथा एकल महिलाले चामाल पाएर दशैंको मुखमा सहयोग भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
स्वर्गीय बुवा आमा कुवेर सिंह र गंगामायाको नाममा छोराछोरी तथा नातानातिनीले पठाएको रकमबाट चामल खरिद गरी कलाकार सुलेमान शंखर इकुको हातवाट वितरण गरिएको छ भने यता पथरीमा पण्डित गुरु र शिविर सचीव चम्पासिंह राईको हातबाट चामाल वितरण गरिएको छ ।

https://youtu.be/QLWpYBnNlVI

पछिल्लो समय दातृ निकायले शरणार्थीलाई दिने राहत कटौती गरे पछि झण्डै ४ सय हाराहारीमा अशक्त र एकल बृद्धबृद्धा शरणार्थीहरु भने समस्या पर्दैै गएको भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले जानकारी दिनु भएको छ । पितृलाई पिण्ड दिनुको सट्टा यसरी असक्तलाई सहयोग गर्नु धेरै पुण्य हुने वितरण कार्याक्रमका सहभागीले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दशैंकाे मुखमा दुखद खबरःबस खस्दा एउटै भीरमा २४ जनाकाे ज्यान गयाे
Next post मुगुमा दुर्घटनामा मर्नेकाे संख्या ३२ पुग्याे