दशैंकाे मुखमा दुखद खबर

२६ असाेज २०७८, काठमाडौं– मुगुमा मंगलबार भएको बस दुर्घटना हुँदा पीनागाउँकाे भीरमा २४ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै गरेको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार रहेकाे बताइएकाे छ । दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको र थप २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिनु भएकाे छ । उनका अनुसार ७ महिला, १६ पुरुष र एउटा बच्चाको मृत्यु भएको छ । अधिकांश घाइते गम्भीर भएकाले र मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको उहाँले बताउनु भयाे ।

कठिन र भिरालो भूगोल भएकाले मृतकको संख्या बढी भएको  हुन सक्ने शंका गरिएकाे छ ।  घाइतेहरुमध्ये १४ जनालाई नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत उद्धार गरी सुर्खेत र नेपालगन्ज पुर्‍याइएको छ ।

प्रमुख जिल्ला अधिकारी महतका अनुसार बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थीहरु रहेका थिए । मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो । मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो । तर अहिलेसम्म सडक साघुँरो र कच्ची हुँदा दुर्घटनाको जोखिम बढी छ । यस्तै हिजै मात्र पाेखरा भ्रमणमा रहेका विधार्थीकाे चढेकाे जीप दुर्घना हुँदा ८ जनाकाे मृत्यु भएकाे थियाे । लामाे काेराेना कहर पछि यातायत तथा बजार खुलेकाले चाडबाडमा हतार गर्दा धेरै घटना हुने प्रहरीले बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *