नेपालमा आज ३९१ संक्रमित, ६८० निकाेः ६ जनाकाे मृत्यु
३१ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परीक्षणमा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको छ । यस्तै १ हजार १ सय ११ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमित पुष्टि हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ । २४ घण्टामा थप ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७१ हजार ४ सय ५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ । सक्रिय संक्रमित को संख्या १२ हजार २९७ रहेको छ ।
More Stories
सडक दुर्घटनामा हजुरबुबा नातिनीकाे घटना स्थलमै मृत्यु:पूर्व पश्चिम राजमार्ग अवराेध
७ कार्तिक २०८१, झापा– पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा बजारकाे प्रवेश मार्गमा भएकाे सडक दुर्घना तनावपूर्ण स्थिति बनेकाे छ।...
ऋण काढेर किसानकाे दुधको भुक्तानी गर्दै सहकारी
७ कार्तिक २०८१/डिकेश लामा झापाका विभिन्न क्षेत्रमा अझै पनि धेरै किसानले दुध विक्री गरेको पैसा पाउन सकेका छैनन् । तर...
मावा पुल नजिकै झगडा हुँदा दमकका एक यूवाको हत्या
६ कार्तिक २०८१/झापा झापाको दमकमा मंगलबार एक जना यूवाको हत्या भएको छ । दमक वडा नं. ३ स्थित मोरङ्गको मधुमल्ला...
माल्दिभ्स विरुद्ध नेपालले गोलको वर्षाः ०–११ काे अन्तर
५ कार्तिक २०८१, काठमाडौँ– काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा...
झापामा अवैध सामान बरामद संख्या बढ्दै
५ कार्तिक २०८१/झापा भारतीय सिमासँग जोडिएको झापा जिल्लामा अवैधरुपमा सामान ल्याउँदा बरामद गरिने संख्या दैनिक २ भन्दा बढी हुने गरेको...
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...