
३ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ६ सय ६२ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ८ हजार ४ सय २६ जनाको नमूना परीक्षण गर्दा ६ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ७ सय ५८ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय १८ जना पुगेकाे छ ।
