झापा बाढीले सयौं परिवार विचल्नीमाः उचित व्यवस्थापन गर्न पीडितको माग (फाेटाे फिचर र भिडियाे सहित)


हाेकलबाडी बस्ती टापुमा परिणत

३ कार्तिक २०७८/डिकेश लामा
३ दिन देखि परेको अविरल वेमौषमी बर्षाका कारण झापामा सयौं घर परिवार विचल्नीमा परेका छन् । बाढीले दमकमा ७ वटा घर बगाएको छ भने जिल्लाका अन्य विभिन्न स्थानमा ३ सय ६१ घर परिवार डुबान र कटानका कारण विस्थापित बने पछि विचल्नीमा परेका हुन् । बाढीले घर बगाएका र डुबानमा परेका जिल्लाका अधिकांश परिवारहरु विचल्नीमा परेका छन् । ज्यान बचाउन घर छाडेर भागेका उनीहरुमा गाँस, बासको उचित व्यवस्था नहुँदा समस्या भएको छ ।

झापा जिल्लामा गौरीगंज, झापा, मेचीनगर, भद्रपुर, शिवसताक्षी,दमक लगायतका विभिन्न स्थानमा गरी ३ सय ६१ वटा घर डुबानमा परेका छन् । डुवान र कटानमा परेकालाई मानवीय क्षति हुन नदिन विपद व्यवस्थापन टोली परिचालन गरी उदार गर्ने काम भईरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिनाले बताउनु भयो ।

गौरीगंज गाउँपालिका वडा नंं. १ को होकलबाडी बस्तीलाई कन्काई नदिको बाढीले उच्च जोखिममा पारेको पालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताउनु भयो । बाढीले वरिपरी घेरे पछि बस्तीका बासिन्दाहरुसँग ३ दिन देखि आवातजावत र फोन सम्पर्क समेत विच्छेद भएको स्थानीयले बताएका छन् ।

झापाको गौरीगंज गाउँपालिका वडा नं. १ टापुमा परिणत भएको छ । कन्काइ नदिमा आएको बाढीले चारैतिरबाट कटान गरे पछि ९० घर परिवार भन्दा धेरै जोखिममा परेका छन् । यस्तै जिल्लामा विस्थापित साढे ३ सय भन्दा धेरै परिवारलाई उचित व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६६२ संक्रमित, ७५८ निकाेः १३ जनाकाे मृत्यु
Next post बाढी र पहिराेका कारण प्रदेश एकमा मृत्यु हुनेकाे संख्या ५२ पुग्याे