बाढी र पहिराेका कारण ज्यान गुमाउनेकाे संख्या एक सय नाघ्याे, क्षतिकाे विवरण संकलन जारी

४ कार्तिक २०७८,काठमाडौँ – अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी अाज विहीबार मन्यान्हसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी प्रदेश १ मा ६०, वाग्मती प्रदेशमा १, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बाढीपहिरोमा परी प्रदेश १ मा १३, प्रदेश २ मा १, लुम्बिनी प्रदेशमा ३, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएकाे बताइएकाे छ । बेपत्ताको खोजी कार्य जारी छ । प्रदेश १ मा १९, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने र सामुहिक रूपमा खाना खुवाउने काम समेत स्थानीय तहले गर्न थालेका छन् ।

यस्तै बाढी र पहिराेका कारणा अवरूद्घ बनेका धेरैजसाे सडकहरू खुलाउने काम भएका छन् । बाढीकाे क्षति विवरणा संकलन गर्ने कार्य अझै पनि भइरहेकाे प्रहरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५४५ संक्रमित, ७२६ निकाेः ८ जनाकाे मृत्यु
Next post विपदमा सवै एक जुट हुनु पर्छः शर्मा