विपदमा सवै एक जुट हुनु पर्छः शर्मा

४ कार्तिक २०७८/सारासन्देश खबर
विपदको वेला सवै राजनैतिक दल एकजुट भएर लाग्न नेपाली काँग्रेश पार्टीले आग्रह गरेको छ । झापाको डुवान र कटान क्षेत्रको अवलोकन गरेर पत्रकारसँगको दमकमा आज गरिएको एक भेटघाट कार्याक्रममा बोल्दै पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले विपदमा एकजुट हुने नेपालीहरुको संस्कारलाई थप दरिलो बनाउन आग्रह गर्नु भएको छ ।
उहाँले सरकारको एक सय दिन नेपाली नागरिकको ज्यान रक्षामा धेरै जोड दिइएकाले खोप कार्याक्रमलाई उच्च प्राथमिकता दिएको बताउनु भयो । यस्तै विपदमा परेकालाई सहयोग गर्न सरकारले राहतको प्याकेज समेत ल्याएको बताउनु भयो ।


नेपाल प्रेश युनियन माइपश्चिम क्षेत्रीय समितिको आयोजनामा भएको कार्याक्रममा बोल्दै उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सात दिनमा सरकार ढाल्छु भन्ने असंवैधानिक कुरा गर्नुको सट्टा विपदमा कसो गर्दा जनताको हित हुन्छ भन्ने तिर ध्यान दिन अनुरोध गर्नु भएको छ ।
नेपाली काँग्रैश पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी समेत दिनु भएका शर्माले अर्ली निर्वाचन र एकै पटक तीनै तहको निर्वाचन गर्ने विषयमा पार्टी भित्र औपचारिक रुपमा छलफल नभए पनि वैधानिकताको आधारमा समयमै निर्वाचन हुने बताउनु भयो । भेटघाट कार्याक्रममा नेपाली काँग्रेश पार्टीका सांसद तथा केन्द्रिय तहका नेतृत्वहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढी र पहिराेका कारण ज्यान गुमाउनेकाे संख्या एक सय नाघ्याे, क्षतिकाे विवरण संकलन जारी
Next post नेपालमा आज ७०८ संक्रमित, ९३२ निकाेः ११ जनाकाे मृत्यु